Nepal Life

दशैं–तिहारमा अपराध बढ्ने आशंका, अझै ९ हजार कैदीबन्दी फरार

NMB Bank
  • BFIS News
  • 2025 Sep 19 17:42
दशैं–तिहारमा अपराध बढ्ने आशंका, अझै ९ हजार कैदीबन्दी फरार
United Ajod

काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये करिब ९ हजार अझै फरार रहेका छन् ।

Shikhar
Nepal Life
NIMB

गत भदौ २४ गते नक्खु कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित झन्डै ५८ सय कैदीबन्दी फर्किए पनि ठूलो संख्यामा कैदीबन्दी फरार रहेकाले सुरक्षाप्रति गम्भीर प्रश्न उठेको सुरक्षा विशेषज्ञहरूले बताएका छन् ।

फरारमध्ये कतिपय जघन्य अपराधमा संलग्न रहेकाले चाडपर्व दशैं र तिहारमा चोरी, लुटपाट लगायतका आपराधिक गतिविधि बढ्न सक्ने प्रहरीको अनुमान छ ।

कारागार व्यवस्थापन विभागले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दी तथा बालबिज्ञयीहरूलाई तत्काल सम्बन्धित कारागार, बालसुधार गृह वा नजिकको प्रहरी कार्यालयमा हाजिर हुन आग्रह गरेको थियो । अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।

यसबीच, प्रहरीले विशेष टोली गठन गरी फरार कैदीबन्दीलाई पक्राउ गर्ने अभियान थालेको जनाएको छ । तर अझै ठूलो संख्यामा कैदीबन्दी फरार रहनु सुरक्षाको दृष्टिले गम्भीर चुनौती रहेको विज्ञहरूको आकलन छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया