Nepal Life

सानिमा बैंकले ७.३६८५% नगद लाभांश दिने घोषणा, पूँजी यथावत राख्ने रणनीति

NMB Bank
  • BFIS News
  • 2025 Sep 21 11:45
सानिमा बैंकले ७.३६८५% नगद लाभांश दिने घोषणा, पूँजी यथावत राख्ने रणनीति
United Ajod

काठमाडौं, असोज ६ – सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो दरअनुसार कुल १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गरिनेछ।

Shikhar
Nepal Life
NIMB

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

सानिमा बैंकले यसपटक केवल नगद लाभांश मात्र वितरण गर्ने भएको छ। विगत दुई वर्षदेखि शेयरधनीको अपेक्षाअनुसार लाभांश दिन नसकेको बैंकले यसपटक पनि खराब कर्जाका कारण लाभांशको दर घटाएको हो। तथापि, विषम परिस्थितिमा पनि स्थिर नाफा कमाउँदै आएको बैंकले यथासम्भव सन्तुलित लाभांश दिने प्रयास गरेको छ।

बैंकको यस निर्णयपछि शेयरधनीबीच मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले वर्तमान आर्थिक अवस्थाको मूल्याङ्कन गर्दै निर्णयलाई स्वीकार गरेका छन् भने अरूले लाभांश दरमा असन्तुष्टि जनाएका छन्। बैंकले चुक्ता पूँजी यथावत राख्दै आगामी दिनमा थप दवाव पर्न नदिने निर्णय गरेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया