Nepal Life

लगानीकर्ताको चर्को विरोध पछि नेपाल स्टक एक्सचेञ्जले अन्तिम १५ मिनेटको औसत मूल्य गणना स्थगित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 21 12:34
लगानीकर्ताको चर्को विरोध पछि नेपाल स्टक एक्सचेञ्जले अन्तिम १५ मिनेटको औसत मूल्य गणना स्थगित गर्ने
United Ajod

काठमाडौं, असोज ५ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औसत मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मंगलबारदेखि स्थगित गर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेलाई उक्त विधि स्थगित गर्न निर्देशनसहित पत्र पठाएसँगै, नेप्सेले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो। सेबोनको मिति २०८२/६/४ मा बसेको बैठकले सो निर्णय गरेको हो।

लगानीकर्ताहरूले पछिल्लो समय औसत मूल्यका आधारमा सूचकांक गणनाको व्यवस्था हटाउन निरन्तर माग गर्दै आएका थिए। यसैकाे प्रतिक्रियास्वरूप बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७ को उपदफा (१) अनुसार निर्देशन जारी गर्दै, धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लेखित व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो।

यसअघि, कारोबारको अन्तिम ४५ मिनेटमध्ये २ः४५ देखि ३ः३० बजेसम्म कायम हुने मूल्यको भारित औसतलाई अन्तिम मूल्यका रूपमा सूचकांकमा गणना गरिने व्यवस्था थियो। अब भने सो अवधिमा कारोबार भएमा अन्तिम कारोबार मूल्यलाई नै सूचकांक गणनामा प्रयोग गरिनेछ। यदि सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ।

नेप्सेले नयाँ प्रणालीको आज प्राविधिक परीक्षण गर्ने जानकारी दिएको छ। भोलि (असोज ६) सार्वजनिक बिदा परेकाले, सो व्यवस्था त्यसपछिका कारोबार दिनहरूदेखि लागू गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया