Nepal Life

पुँजी बजार सुधारका लागि लगानीकर्ता संघ-संगठनद्वारा सुझाव-पत्र हस्तान्तरण, दिए गम्भीर चेतावनी

NMB Bank
  • BFIS News
  • 2025 Sep 21 13:24
पुँजी बजार सुधारका लागि लगानीकर्ता संघ-संगठनद्वारा सुझाव-पत्र हस्तान्तरण, दिए गम्भीर चेतावनी
United Ajod

काठमाण्डौं, असोज ५, २०८२ — नेपालका विभिन्न लगानीकर्ता संघ-संगठनका प्रतिनिधिहरूले आज पुँजी बजारको संकट समाधानका लागि अर्थ मन्त्रालयद्वारा गठित ‘पुँजी बजार सुधार कार्यदल’लाई लिखित सुझाव–पत्र हस्तान्तरण गरेका छन्।

Shikhar
Nepal Life
NIMB

अर्थ मन्त्रालयमा भएको भेटघाटका क्रममा प्रतिनिधिहरूले बजारमा देखिएको दीर्घकालीन समस्या र त्यसको दिगो समाधानका लागि तयार पारिएको सुझाव–पत्र कार्यदलका सदस्यहरूलाई बुझाएका हुन्।

कार्यक्रममा उपस्थित सबै प्रतिनिधिहरूले विगतमा बनेका यस्तै कार्यदल र समितिहरूले संकलन गरेका सुझावहरू कहिल्यै कार्यान्वयनमा नआएको दुखद यथार्थको स्मरण गराउँदै, यसपटक पनि त्यसै प्रकारको प्रक्रिया मात्र दोहोरिए जनधारणा अत्यन्त नकारात्मक बन्ने चेतावनी दिए।

“सुझाव संकलन गरेर अलपत्र पार्ने, प्रतिवेदन बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ,” लगानीकर्ता प्रतिनिधिहरूले स्पष्ट शब्दमा बताएका थिए।

उनीहरूले पुँजी बजार सीमित भ्रष्ट समूह र निहित स्वार्थमा फसेको, नियामक निकायहरू कमजोर बनेको र सुधारका प्रयासहरू औपचारिकतामै सीमित भइरहने अवस्था रहेमा लगानीकर्ताको धैर्यको सीमा सकिने बताएका छन्।

एक प्रतिनिधिले चेतावनी दिँदै भने, “यदि राज्यले भ्रष्टहरूको पक्षमा मात्र काम गर्दै बजारका वास्तविक समस्या बेवास्ता गरिरहने हो भने, अन्य क्षेत्रजस्तै पुँजी बजारमा पनि सचेत युवा पुस्ता (जेन-जी) को हस्तक्षेप सम्भव छ, जसले नयाँ परिस्थिति सिर्जना गर्न सक्छ।”

संयुक्त लगानीकर्ता संघ-संगठनहरूले कार्यदललाई बुझाइएको सुझाव–पत्रलाई गम्भीरतापूर्वक लिएर तत्काल ठोस कार्यान्वयनमा लाग्न आग्रह गरेका छन्।

“यो सुझाव–पत्र केवल प्रतिवेदनको रूपमा राख्ने होइन, तत्काल सुधारको कार्यान्वयनका लागि निर्णायक कदम चालिनुपर्छ। अन्यथा, बजार र लगानीकर्ताको हितका लागि हामी पनि आवश्यक कदम चाल्न बाध्य हुनेछौँ,” उनीहरूले बताएका छन्।

संयुक्त लगानीकर्ता संघ–संगठनहरूद्वारा जारी गरिएको यो चेतावनीले नेपालको पुँजी बजार सुधारको एजेन्डालाई अझ गम्भीर रूपमा उठान गराउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया