Nepal Life

जेनजी आन्दोलन पछि नकारात्मक सर्किट लागेको बजारमा एकैदिन ११६ अंकको रिकभर, रियल बुलको पर्खाइमा लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Sep 21 15:13
जेनजी आन्दोलन पछि नकारात्मक सर्किट लागेको बजारमा एकैदिन ११६ अंकको रिकभर, रियल बुलको पर्खाइमा लगानीकर्ता
United Ajod

काठमाडौं। जेनजी आन्दोलनका कारण १० दिन पछि खुलेको बजारमा पहिलो दिनमै नकारात्मक सर्किट लागेकोमा आज दोस्रो कारोबार दिनमा ११६ अंकको रिकभर भएको छ। गएको बिहीबार नेप्से सूचक ६ प्रतिशत अर्थात १६० अंकले घटेकोमा आज आइतबार ११६ अंकले बढेको छ।  

Shikhar
Nepal Life
NIMB

विभिन्न लगानीकर्ताका संघ संगठनले गभर्नर डा. विश्वनाथ पौडेलदेखि लिएर अर्थमन्त्री रामेश्वर खनालसम्मलाई भेटेर ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्र बुझाए। शेयर बजारलाई कन्फिडेन्स चाहिरहेको थियो। दुबैले शेयर बजारको पक्षमा खुलेरै वकालत पनि गरे। बजार सुधारका लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। नभन्दै आइतबार शेयर बजारले आफ्नो लय पक्रिएको छ। 

राजनीतिक घटनाक्रम बाहेक बजार घट्नु पर्ने यथेष्ट कुनै कारण थिएन। अर्थमन्त्री स्वयंले बजारमा हल्ला भए अनुरुप अर्थतन्त्र धरासायी अवस्थामा नरहेको बताउदै आइरहेका छन्। उनले अर्थतन्त्रलाई उकास्न सकिने भन्दै सबैको मनोविज्ञान बढाउने काम पनि गरिरहेका छन्। पछिल्लो समय अर्थमन्त्रीले गभर्नरदेखि लिएर प्रक्रिया सम्बत रुपमा नियुक्त भएका नियामकीय पदाधिकारीलाई चलाउने बताउदै आइरहेका पनि छन्। 

यहि कारण आइतबार सूचक सँगै कारोबार रकममा पनि उल्लेख्य बृद्धि भयो। आज ९ अर्ब १७ करोडको कारोबार हुँदा २२४ वटा कम्पनीको शेयर मूल्यमा सुधार पनि आइरहेको छ। अर्थमन्त्री स्वयं शेयर बजार मैत्री व्यक्ति हुन्। 

आज सर्वाधिक धेरै कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा भने खासै सुधार आएन। यद्यपी सर्वाधिक रोजाइमा पर्दै ८ अर्ब ३१ करोडको कारोबार भयो। लगभगत १५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बजारले यहि गतिमा लय समात्यो भने छिटै नयाँ उचाइ चुम्ने लगानीकर्ताको विश्लेषण छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया