Nepal Life

चार नयाँ मन्त्रीले शपथ लिए, प्रधानमन्त्री कार्कीको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद्

NMB Bank
  • BFIS News
  • 2025 Sep 22 16:03
चार नयाँ मन्त्रीले शपथ लिए, प्रधानमन्त्री कार्कीको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद्
United Ajod

काठमाडौं, ६ असोज – प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रीहरूको नियुक्ति र जिम्मेवारी पुनःहेरफेरसँगै मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चार जना नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। शपथग्रहण गर्नेमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, वरिष्ठ पत्रकार जगदिश खरेल र विज्ञ डा. मदन परियार रहेका छन्।

शपथग्रहणपछि मन्त्रालयको जिम्मेवारी यसप्रकार दिइएको छ:

 अनिलकुमार सिन्हा – उद्योग, कानुन तथा भूमि व्यवस्थापन मन्त्रालय

 महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

 जगदिश खरेल – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

 डा. मदन परियार – कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

यसैबीच, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो। तर, अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको छ।

प्रधानमन्त्री कार्कीले केही मन्त्रीहरूको जिम्मेवारीमा हेरफेर पनि गरेकी छन्। अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको थप जिम्मेवारी दिइएको छ।

त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालको कानुन मन्त्रालयको जिम्मेवारी कटौती गर्दै अब उनलाई गृह मन्त्रालयको मात्र जिम्मा दिइएको छ। नव नियुक्त मन्त्री सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारीसमेत दिइएपछि उनले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

त्यस्तै, कुलमान घिसिङलाई पनि तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनालसँग दुई मन्त्रालय छन्। महावीर पुन, जगदिश खरेल र डा. परियारले एक-एक मन्त्रालयको नेतृत्व गर्नेछन्। अन्य बाँकी मन्त्रालयहरू भने प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्नेछिन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया