Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Sep 22 18:21
सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न
United Ajod

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ। कम्पनीले २०७४ सालको असोज ६ गते, सामाजिक सेवा दिवसको अवसर पारेर औपचारिक रूपमा आफ्नो कारोबार प्रारम्भ गरेको थियो।

Shikhar
Nepal Life
NIMB

हाल कम्पनीले देशभर १४६ कार्यालय, ३६२ कर्मचारी, र ४०,९७६ अभिकर्ता मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

कम्पनीको आर्थिक विवरण हेर्दा:

- चुक्ता पूँजी: रु. ५,०३१,१६४,४००

- जगेडा कोष: रु. २,२३२,४०९,८०१

- जीवन बीमा कोष: रु. १०,१०८,७८१,५४५

- नेट वर्थ: रु. १५४.३५

यस आधारमा कम्पनीको जोखिम बहन क्षमता निरन्तर वृद्धि हुँदै गएको देखिन्छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो प्रगतिको श्रेय नियामक निकायहरू, सेवाग्राहीहरू, अभिकर्ताहरू लगायत सबै सरोकारवाला पक्षप्रति आभार व्यक्त गर्दै, आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया