Nepal Life

एसवाई प्यानल नेपालको आजदेखि आईपीओ निष्काशन, सर्वसाधारण समुह तर्फ ५२ लाख ३२ हजार कित्ता जारी

NMB Bank
  • BFIS News
  • 2025 Sep 23 09:43
एसवाई प्यानल नेपालको आजदेखि आईपीओ निष्काशन, सर्वसाधारण समुह तर्फ ५२ लाख ३२ हजार कित्ता जारी
United Ajod

काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले आज (असोज ७ गते) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया सुरु गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारीमा रहेको कम्पनीले केही विषम परिस्थितिका कारण आजदेखि औपचारिक रूपमा निष्काशन गर्न थालेको हो।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ।

स्थानीय बासिन्दाका लागि २ लाख ६१ हजार कित्ता शेयर

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि कुल २ लाख ६१ हजार ६२९ कित्ता शेयर निष्काशन गर्दैछ, जुन २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको हो। यी शेयरहरू चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार कित्ता शेयर

सर्वसाधारणका लागि छुट्याइएको हिस्सा अन्तर्गत १० प्रतिशत, अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यिनको कुल मूल्य ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको रहेको छ। यी नेपालीहरूले श्रम स्वीकृति प्राप्त गरिसकेका हुनुपर्नेछ।

कम्पनीले आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर छुट्याएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाका लागि आवेदन बन्द मिति: छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन पाउनेछन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन बन्द मिति: छिटोमा असोज १० गते र ढिलोमा असोज २१ गतेसम्म मात्रै खुला हुनेछ।

इक्रा नेपालद्वारा ‘डबल बी’ रेटिङ

आईपीओ निष्काशनको लागि इक्रा नेपालले कम्पनीलाई "ICRA NP-issuer rating BB" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आवेदन कहाँबाट दिने?

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले एसवाई प्यानल नेपाल, रत्ननगर–चितवन, प्रभु क्यापिटल (कमलादी) तथा प्रभु क्यापिटलको अनलाइन लिंकबाट आवेदन दिन सक्नेछन्। साथै प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट समेत आवेदन दिन सकिनेछ। आवेदन फारमको लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया