Nepal Life

अल्ट्राबाइटले ११ वर्ष पूरा गर्दा १२ महिनाका लागि १३ जनालाई 'अल्फाअक्टो'को सब्सक्रिप्सन निशुल्क

NMB Bank
  • BFIS News
  • 2025 Sep 23 20:09
अल्ट्राबाइटले ११ वर्ष पूरा गर्दा १२ महिनाका लागि १३ जनालाई 'अल्फाअक्टो'को सब्सक्रिप्सन निशुल्क
United Ajod

काठमाडौं। आईटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रा.लि.ले स्थापनाको ११ वर्ष पूरा गरेको अवसरमा १२ महिनाका लागि १३ जनालाई नवीनतम बिजनेस अटोमेसन सिस्टम अल्फाअक्टोको निशुल्क सब्सक्रिप्सनको योजना सार्वजनिक गरेको छ। ‘सिम्पल इनोभेटिभ डेभलपमेन्ट’ भन्ने नाराका साथ सन् २०१४ देखि यात्रा सुरु गरेको कम्पनीले ११ वर्षको सफल व्यावसायिक यात्रा पूरा गरेको अवसरमा योजना सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

अल्फाअक्टो (AlphaOcto.com) अल्ट्राबाइटले विकास गरेको एउटा डिजिटल प्लेटफर्म हो, जसले सबै प्रकारका व्यवसायका लागि CRM, HR Management, Lead Management System,  Appointment System जस्ता सुविधा प्रदान गर्छ। यसले विभिन्न स्रोतबाट तथ्यांक संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि SMS, Email र Telemarketing मार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ। जसमा फलोअप, एचआर र पेरोलको पनि सुविधा रहेको छ। निशुल्क सब्सक्रिप्सन लिंक (https://tinyurl.com/ultrabyte11anniversary) मार्फत् लिन सकिन्छ।

अल्फाअक्टो डटकम (alphaocto.com) सँगै एजुकेसनडाइट डटकम (educationdiet.com) र पेजअटर डटकम (pageutter.com)  मार्फत् आफ्नो सेवा विस्तार गरेको कम्पनीले एसईओ, वेब डिजाइन तथा डेभलेपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अग्मेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टसहितको क्रिएटिभ सेवा दिँदै आएको छ।

नेपालका ५ सय बढी व्यावसायिक संस्थाका वेबसाइट, सफ्टवेयर तथा एपहरु निर्माण तथा त्यसको सेवामा अनवरत लागि रहेको कम्पनीले विशेष गरी शैक्षिक परार्मश दाता, ट्राभल, ट्रेकिङ कम्पनी, हाइड्रोपावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुमा उत्कृष्ट पहुँचका साथ काम गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराई बताउँछन्।

स्थापना दिवसको अवसरमा कम्पनीले ग्रहाक वर्ग, कर्मचारी लगायत सरोकारवाला निकायहरुमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ। आगामी दिनमा कम्पनीले गुणस्तरीय र शुलभ सेवासहित आईटी उत्पादनमा नवीनता प्रदान गर्दै जाने कम्पनीले प्रतिवद्धता जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया