Nepal Life

नेपाल धितोपत्र बोर्डका दुई कोष खारेज गर्ने निर्णय, भुक्तानी फिर्ता लिन अर्थ मन्त्रालयको निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 Sep 24 05:45
नेपाल धितोपत्र बोर्डका दुई कोष खारेज गर्ने निर्णय, भुक्तानी फिर्ता लिन अर्थ मन्त्रालयको निर्देशन
United Ajod

काठमाडौं। नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डद्वारा सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष खारेज गर्न निर्देशन दिएको छ। राजस्व सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकको २०८२ साल भदौ ३१ गतेको निर्णयअनुसार सो निर्देशन दिइएको हो।

Shikhar
Nepal Life
NIMB

अर्थ मन्त्रालयले सो दुई कोषसम्बन्धी कार्यविधिहरू, नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको छ।

मन्त्रालयले यस्ता कार्यविधिहरू धितोपत्र ऐन, २०६३ को दफा २२ र ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४, तथा नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त तथा सुविधा सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित रहेको भन्दै खारेज गर्न निर्देशन दिएको हो।

साथै, प्रचलित कानून विपरित बनेका सो कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित कर्मचारीहरूबाट सरकारी बाँकी सरह असूल गर्नुपर्ने निर्णय समेत भएको छ। यो प्रक्रिया तत्काल सुरु गर्न अर्थ मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ।

अर्थ मन्त्रालयले आगामी दिनमा कुनै पनि आर्थिक दायित्व पर्ने निर्णय गर्नुअघि अनिवार्य रूपमा मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार सो निर्णयले धितोपत्र बोर्डमा आर्थिक अनुशासन र पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया