Nepal Life

बालेन शाहविरुद्ध षड्यन्त्रमा उत्रिएका पुराना दलहरू: रोहन कार्कीको कटाक्ष

NMB Bank
  • BFIS News
  • 2025 Sep 24 10:14
बालेन शाहविरुद्ध षड्यन्त्रमा उत्रिएका पुराना दलहरू: रोहन कार्कीको कटाक्ष
United Ajod

काठमाडौं, असोज ८ – राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता रोहन कार्कीले काठमाडौं महानगर प्रमुख बालेन शाहविरुद्ध हाल देखिएको आलोचना र आरोप–प्रत्यारोपको सन्दर्भमा कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा कार्कीले भनेका छन् – "अहिले मन्त्री खान मरिहत्ते गरेर नपाएपछि रोइलो गर्नेहरू र ३३ वर्षभन्दा बढी समय सत्तामा बसेर देश लुटेका पुराना दलहरू बालेन शाहविरुद्ध एकजुट भएका छन्।"

Shikhar
Nepal Life
NIMB

उनले भने, "यो देशका महान् व्यक्तिहरू डा. सन्दुक रोइत र बालेन शाहजस्ता पात्रलाई समेत एजेन्ट भनिन्छ। आखिर यो 'एजेन्ट' भनिएको के हो? प्रमाणबिनै आरोप लगाउनु सामान्य भयो अब?"

कार्कीको आरोप छ कि सधैं सत्तामा रहने, पालैपालो सत्ता भागबण्डा गर्ने पुराना दलहरूलाई थाहा भइसकेको छ – "अबको निर्वाचनमा आफूहरूलाई चुनौती दिन सक्ने पात्र बालेन शाह मात्रै हुन्।" त्यसैले ती दलका नेताहरू र कार्यकर्ताहरू बालेनलाई बदनाम गराउने अभियानमा जुटेका छन्।

उनले देश लुट्नेहरूलाई अहिले मात्र एक सातामै "देश बिग्रन्छ कि भनेर" चिन्ता लागेको देखिएको भन्दै व्यंग्य गरे। "कोही टिके मन्त्री नपाएकोमा बच्चाजस्तो रोइलो गरेर, पुराना भ्रष्ट नेताभन्दा पनि बढी पदको लागि लालायित भएर थोरै बाँकी इज्जत पनि गुमाएका छन्," उनले कटाक्ष गरे।

महेश बस्नेतप्रति पनि संकेत गर्दै कार्कीले भने, "अहिले महेश बस्नेतजस्ता पात्रले हामीलाई शिक्षा दिइरहेका छन्। ३३ वर्षदेखि लुटपाट गर्नेहरूलाई हामीले कति छिट्टै भुल्न सक्छौं भन्ने देखिएको छ।"

उनले जनतालाई अपिल गर्दै भने – "परिवर्तनपछि नयाँ नेतृत्वलाई बदनाम गर्ने प्रयास पुरानाहरूले सधैं गर्छन्। त्यसैले तथ्य बुझौं, हावामा उडेको हल्लाको पछि भेडाझैं नलागौं।"

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया