Nepal Life

रास्वपाका सभापती रवि लामिछानले गम्भिर आत्मआलोचना गर्नु पर्छ: शेयर बजार विश्लेषक कोइराला

NMB Bank
  • BFIS News
  • 2025 Sep 24 10:26
रास्वपाका सभापती रवि लामिछानले गम्भिर आत्मआलोचना गर्नु पर्छ: शेयर बजार विश्लेषक कोइराला
United Ajod

काठमाण्डौं, असोज ८ — शेयर बजारका विश्लेषक केशव कोइरालाले रास्वपाको चालू केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले गम्भीर आत्मालोचना गर्नुपर्ने बताएका छन्। कोइरालाका अनुसार लामिछानेलाई जबर्जस्ती जेलबाट छुटाउनु गम्भीर आपराधिक कार्य थियो र यसको जिम्मेवारी लिँदै पार्टी र लामिछाने दुवैले गल्ती स्वीकार्नुपर्ने अवस्था आएको छ।

Shikhar
Nepal Life
NIMB

कोइरालाले भने, "रास्वपा पार्टीको चालू केन्द्रीय समिति बैठकले रवि लामिछानेलाई जबर्जस्ती जेलबाट छुटाउँदा गम्भीर अपराध गरेको स्वीकार्दै आत्मालोचना गर्नुपर्नेछ। रवि लामिछाने स्वयंले पनि आत्मालोचना सहित अहिलेको लागि सभापति पद त्याग गर्नुपर्छ।"

उनले थप आरोप लगाए कि रवि लामिछाने र रास्वपाको दबाबका कारण हाल पनि करिब ८ हजार कैदी फरार छन्, जसले गर्दा देशको अन्तर्राष्ट्रिय छवि बदनाम भएको छ। उनले भने, "यही कारण देखाउँदै धेरै देशले नेपाली कामदारका लागि भिषा बन्द गरेका छन्।"

कोइरालाले राजनीतिमा उच्च नैतिकताको खाँचो औंल्याउँदै गल्ती स्वीकार्नु र भविष्यमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाउनु आवश्यक रहेको स्पष्ट पारे। "गरेको गल्तीको क्षमा माग्नु भविष्यमा गल्ती गर्दिन भन्नु पनि हो," उनले भने, "राजनीतिमा उच्च नैतिकता हुनुपर्छ।"

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया