Nepal Life

ग्रीनलाइफ हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, डाक्यो तीन वर्षको साधारणसभा

NMB Bank
  • BFIS News
  • 2025 Sep 25 12:05
ग्रीनलाइफ हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, डाक्यो तीन वर्षको साधारणसभा
United Ajod

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आफ्नो १३औं, १४औं र १५औं वार्षिक साधारण सभा आउँदो कात्तिक १८ गते डाकेको छ। सभा नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे देखि सुरु हुनेछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले एजीएममा सत प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव गर्ने भएको छ। सभाले कम्पनीको तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ।

आर्थिक वर्ष २०८१/०८२ को अडिटरको प्रतिवेदन, नाफा-नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरणहरू अनुमोदन गर्नेछ। आर्थिक वर्ष २०८२/०८३ का लागि अडिटर नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्नेछ।

सञ्चालकको नियुक्ति स्वीकृत गर्ने र सार्वजनिक सेयरधनी समूहबाट सञ्चालक समितिमा सदस्य चयन गर्नेछ। विविध (अन्य) विषयहरूमा छलफल गर्ने जनाएको छ।

कम्पनीले कात्तिक १२ गतेलाई बुक क्लोज मिति घोषणा गरेको छ। सो मितिभन्दा अगाडी शेयर कारोबार गर्नेले मात्रै ससाधारणसभामा भाग लिन पाउने छन्। कम्पनीले गएको तीन वर्षदेखि नाफा देखाउदै आइरहेको छ। नाफा देखिए पनि दीर्घकालिन कर्जा भुक्तानी गर्ने कम्पनीको उद्देश्य रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया