Nepal Life

पूँजी बजार समस्याको अध्ययन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

NMB Bank
  • BFIS News
  • 2025 Sep 25 17:51
पूँजी बजार समस्याको अध्ययन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
United Ajod

काठमाडौं, असोज ९ —अर्थमन्त्री रामेश्वर खनालले पूँजी बजारमा देखिएका समस्याको समाधानका लागि गठन गरेको ४ सदस्यीय कार्यदलले आज बिहान प्रतिवेदन बुझाएको छ। शुक्रबार गठन गरिएको उक्त कार्यदलले दिइएको ५ दिनको समयसीमा भित्रै आफ्नो प्रतिवेदन अर्थमन्त्री खनाललाई पेश गरेको हो।

Shikhar
Nepal Life
NIMB

शेयर बजारमा जेनजी आन्दोलनपछिको बन्दावन्दी र त्यसपछि गत बिहीबार बजार खुल्दा १६० अंकले घटेपछि देखिएको असामान्यता समाधानका लागि अर्थमन्त्री खनालले तत्कालै कार्यदल गठन गरेका थिए।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन्। निरौलालाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिइएको थियो।

उक्त कार्यदललाई पूँजी बजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि आवश्यक प्रणालीगत र प्रक्रियागत सुधारका उपायहरू सहितको ठोस कार्यान्वयन कार्य योजना सुझाव गर्न कार्यादेश दिइएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया