Nepal Life

शेयरधितो कर्जाको सिमा खारेज गर्न अध्ययन कार्यदलको सुझाव, बैंकलाई शेयर खरिद बिक्री गर्न दिनु पर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 25 18:16
शेयरधितो कर्जाको सिमा खारेज गर्न अध्ययन कार्यदलको सुझाव, बैंकलाई शेयर खरिद बिक्री गर्न दिनु पर्ने
United Ajod

काठमाडौं। पूँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको चार सदस्यीय कार्यदलले आज बिहान आफ्नो प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री खनाललाई उक्त प्रतिवेदन कार्यदलका संयोजक तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) का कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीले बुझाएका हुन्।

Shikhar
Nepal Life
NIMB

गत शुक्रबार असोज ३ गते अर्थमन्त्री खनालको मन्त्रीस्तरीय निर्णयमार्फत गठित कार्यदलमा केसीसँगै नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन्। निरौलालाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिइएको थियो।

जेनजी आन्दोलनपश्चात् एक हप्ताभन्दा बढी बन्द भएको शेयर बजार गत बिहीबार खुलेसँगै नेप्से सूचक १६० अंकले घटेपछि अर्थमन्त्री खनालले पूँजी बजारको समस्या समाधान गर्न तत्काल कार्यदल गठन गरेका थिए। पूँजी बजारमा देखिएको अस्थिरता तथा लगानीकर्ताको मनोबल घट्दै गएको सन्दर्भमा कार्यदललाई पाँच दिनभित्र सुझावसहितको कार्यान्वयन कार्ययोजना पेश गर्न कार्यादेश दिइएको थियो।

कार्यदलले तयार पारेको प्रतिवेदनमा तत्काल, मध्यम तथा दीर्घकालीन गरी कार्यान्वयन गर्न सकिने ३७ वटा सुझावहरू समेटिएका छन्। तीमध्ये १५ वटा सुझाव तीन महिनाभित्र, अर्को १५ वटा एक वर्षभित्र र बाँकी ७ वटा दीर्घकालीन रूपमा कार्यान्वयन गर्नुपर्ने सिफारिस गरिएको छ।

प्रमुख सिफारिसहरू यसप्रकार छन्:

- बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जामा हाल कायम रहेको अधिकतम एकल ग्राहक सीमा (रु. २५ करोड) हटाउने।

- बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा एक वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने।

- शेयर धितोमा प्रवाह भएको मार्जिन कर्जाको २०८२ सालको आश्विन मसान्तसम्म बुझाउनुपर्ने ब्याज, यदि पौष मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था मिलाउने।

- धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोवार प्रणाली कार्यान्वयन गर्न तत्काल तयारी अघि बढाउने।

प्रतिवेदनमा उल्लिखित सुझावहरू कार्यान्वयन भएसँगै पूँजी बजारमा देखिएको अस्थिरता न्यूनीकरण भई लगानीकर्ताको विश्वास पुनः स्थापित हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया