Nepal Life

श्री इन्भेष्टमेन्टले ज्ञानेश्वरको २ रोपनी १५ आना जग्गा बिक्री गर्दै, कार्तिक १३ गतेसम्म बोलपत्र खुला

NMB Bank
  • BFIS News
  • 2025 Sep 26 11:16
श्री इन्भेष्टमेन्टले ज्ञानेश्वरको २ रोपनी १५ आना जग्गा बिक्री गर्दै, कार्तिक १३ गतेसम्म बोलपत्र खुला
United Ajod

काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ज्ञानेश्वरमा रहेको २ रोपनी १५ जना जग्गा बिक्री गर्ने भएको छ। कम्पनीले आफ्नो नाममा रहेको उक्त जग्गा बिक्रीका लागि सार्वजनिक सूचना आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस क्षेत्रमा चलनचल्तीको भाउ एक करोड भन्दा माथि छ। यस हिसावले उक्त जग्गा खरिदका लागि कम्तिमा पनि ४७ करोड रुपैयाँ आवश्यक पर्छ। यो भन्दा माथि मूल्य पाउन जग्गाको अवस्था र आपसी मोलमोलाइमा भर पर्छ। सार्वजनिक सूचनामा फाइनान्सले न्युनतम मूल्य भने तोकेको छैन।

अहिले बैंक तथा वित्तीय संस्थाका अतिरिक्त बीमा कम्पनीहरु पनि कर्पोरेट कार्यालयका लागि जग्गा खोजि गर्दै हिडिरहेका छन्। यद्यपी बीमा कम्पनीहरुका लागि यस्तो जग्गा सबैभन्दा उपयुक्त हुन सक्दछ। पछिल्लो समय बीमा कम्पनीहरुले पनि थोरै क्षेत्रफलको जग्गा खरिद गर्दा पार्किङदेखि लिएर भवन निर्माणका लागि पर्याप्त स्पेस नपुग्ने भन्दै ठुलो क्षेत्रफल खोजिरहेका हुन्छन्। त्यसमा पनि बीमा कम्पनीहरुलाई जग्गामा लगानी गर्ने बैधानिकता रहेकाले पनि उनिहरुले उपत्यका भित्र त्यसमा पनि कर्पोरेट कार्यालयका लागि घरजग्गा खोजिरेका हुन्छन्।

इन्भेष्टमेन्ट फाइनान्सको वित्तीय अवस्था भने अन्य फाइनान्सहरुको तुलनामा राम्रो छ। एक अर्ब चुक्ता पूँजी रहेको यस संस्थाको खराव कर्जा २.५७ प्रतिशत मात्रै छ। जगेडा कोषमा पनि ३५ करोड भन्दा धेरै रकम हरेको हुँदा लाभांश दिन सक्ने क्षमता राख्दछ।

इच्छुक खरिद कर्ताले आगामी कार्तिक १३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा आफुले कबुल गर्न चाहेको रकमको १० प्रतिशत रकम धरौटीको रुपमा जम्मा गर्नु पर्ने कम्पनीले जनाएको छ। 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया