Nepal Life

शेयरधनीको कहिल्यै हात खाली नगर्ने सिटिजन बैंक, ५% बोनस सेयर घोषणा, चुक्ता पुँजी साढे १५ अर्ब पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 26 11:51
शेयरधनीको कहिल्यै हात खाली नगर्ने सिटिजन बैंक, ५% बोनस सेयर घोषणा, चुक्ता पुँजी साढे १५ अर्ब पुग्ने
United Ajod

काठमाडौं, १० असोज। शेयरधनीको कहिल्यै हात खाली नगर्ने सिटिजन बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको सञ्चालक समितिको ४९१औं बैठक २०८२ साल असोज १० गते बिहान ११ बजे बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले २०८२ असार मसान्तसम्मको चुक्ता पुँजी रू. १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले हुने रु. ७३ करोड ८४ लाख ५० हजार ६४८.३० बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

यसका साथै, कर प्रयोजनका लागि ०.२६३ प्रतिशतले हुन आउने रु. ३ करोड ८८ लाख ६५ हजार ८२३.५९ नगद लाभांश पनि दिने निर्णय गरिएको छ।

बैंकले जुनसुकै आर्थिक अवस्था वा विपरीत परिस्थितिमा पनि लाभांश वितरण गर्दै आएको छ। यसपटक पनि निरन्तरता दिँदै लाभांश प्रस्ताव गरिएको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया सुरु गरिने बैंकले जानकारी गराएको छ।

लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी बढेर साढे १५ अर्ब रुपैयाँ पुग्नेछ। यसले बैंकको पूँजी आधार थप मजबुत हुने विश्वास बैंकले व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया