Nepal Life

जीवन बीमक संघको अध्यक्षमा प्रविण रमण पराजुली निर्वाचित, उपध्यक्षमा खत्री सचिवमा लोहनी

NMB Bank
  • BFIS News
  • 2025 Sep 26 17:18
जीवन बीमक संघको अध्यक्षमा प्रविण रमण पराजुली निर्वाचित, उपध्यक्षमा खत्री सचिवमा लोहनी
United Ajod

काठमाडौं । जीवन बीमा कम्पनीहरूको साझा संस्था जीवन बीमक संघको अध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली निर्विरोध निर्वाचित भएका छन्।

Shikhar
Nepal Life
NIMB

संघको नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा प्रकाश विक्रम खत्री, सचिवमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद लोहनी, तथा कोषाध्यक्षमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यहरूमा हिमालयन लाइफका मनोजलाल कर्ण, राष्ट्रिय जीवन बीमा कम्पनीका विष्णु पन्थी र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार निर्वाचित भएका छन्।

जीवन बीमक संघ जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्था हो, जसले जीवन बीमा क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा बीमा प्राधिकरण लगायत सरोकारवाला निकायसँग उच्चस्तरीय समन्वय र सहकार्य गर्दै आएको छ।

संघको संस्थापक अध्यक्ष तत्कालीन सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे हुन्। हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका पण्डेका अनुसार, बीमा क्षेत्रमा निर्जीवन बीमक संघ पहिले नै क्रियाशील रहे पनि जीवन बीमा क्षेत्रका विशिष्ट मुद्दाहरू उचितरूपमा सम्बोधन हुन नसकेको महसुस भएसँगै संघको स्थापना गरिएको थियो। त्यसबेला देशभर १९ वटा जीवन बीमा कम्पनीहरू थिए।

शिवनाथ पाण्डेपछि संघको अध्यक्षमा मेट लाइफका सीईओ निर्मलकाजी श्रेष्ठ, त्यसपछि सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेल रहेका थिए।

संघले जीवन बीमा क्षेत्रका साझा मुद्दाहरूमा छलफल, सहकार्य, र नीति निर्माणमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ। बैंक तथा वित्तीय क्षेत्रजस्तै, जीवन बीमामा पनि संस्था मार्फत साझा धारणा बनाउने अभ्यास प्रभावकारी हुने विश्वास गरिएको छ।

संघले विगतमा जापानको जीवन बीमक संघसँग समेत सेमिनार आयोजना गरिसकेको छ, जसबाट अन्तर्राष्ट्रिय अनुभव र अभ्यासहरू सिक्ने अवसर समेत प्राप्त भएको थियो।

संघले जीवन बीमाको दिगो विकास, नियामकसँग समन्वय, तथा व्यवसायिक सहजीकरणमा आगामी दिनहरूमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया