Nepal Life

माछापुच्छ्रे बैंकको सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता: एक वर्षमै ९२ लाख भन्दा बढि खर्च

NMB Bank
  • BFIS News
  • 2025 Sep 27 12:05
माछापुच्छ्रे बैंकको सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता: एक वर्षमै ९२ लाख भन्दा बढि खर्च
United Ajod

काठमाडौं। माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा ९२ लाख १९ हजार ९४५ रुपैयाँ खर्चिएको छ। बैंकले शिक्षा क्षेत्रमा २८ लाख ९६ हजार, वातावरण संरक्षणको क्षेत्रमा ३१ हजार, वित्तीय साक्षरतामा ८ लाख ५६ हजार, स्वास्थ्यमा १५ लाख ७५ हजार, मानवीय सहायता र उद्धारमा २७ लाख ३९ हजार र अन्य विविध क्षेत्रमा ११ लाख २० हजार रुपैयाँ खर्चिएको हो।

Shikhar
Nepal Life
NIMB

वित्तीय साक्षरताबाट समावेशी समाजतर्फ

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार माछापुच्छ्रे बैंकले वित्तीय साक्षरतामा विशेष ध्यान दिदै आएको छ। “घर-घरमा माछापुच्छ्रे बैंक” अभियान अन्तर्गत विभिन्न विद्यालय, कलेज, संघ-संस्था र स्थानीय क्लबहरूसँग सहकार्य गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरिएको थियो। साथै, एफएम रेडियो, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत जनचेतना अभिवृद्धि गर्न सामग्रीहरू प्रचार गरिएको थियो।

शिक्षा र स्वास्थ्यमा उल्लेखनीय योगदान

शैक्षिक क्षेत्रमा बैंकले विभिन्न सरकारी विद्यालयहरूमा पूर्वाधार सुधार, शैक्षिक सामग्री वितरण तथा डिजिटल उपकरण जडानमा सहयोग गरेको छ। केही प्रमुख कार्यहरू यसप्रकार छन्:

 श्री वडिमालिका आधारभूत विद्यालय, बाजुरा: शौचालय निर्माण

 जीवन ज्योती आधारभूत विद्यालय, झापा: छाना मर्मत

 सरस्वती आधारभूत विद्यालय, तनहुँ: शौचालय र खानेपानी मर्मत

 सञ्जय साई विद्यामन्दिर, भक्तपुर: RO फिल्टर वितरण

 सरस्वती आधारभूत विद्यालय, झापा: डिजिटल बोर्ड जडान

 अन्य विद्यालयहरूमा शौचालय मर्मत, पंखा तथा डस्टबिन वितरण

स्वास्थ्य क्षेत्रमा, सुर्खेत आँखा अस्पताललाई आँखाको परीक्षण मेसिन, महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर, साथै विभिन्न स्थानीय स्वास्थ्य चौकीहरूमा आवश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको छ।

मानवीय सहायता र सांस्कृतिक संरक्षण

बाढीपहिरो पीडितहरूलाई सहयोग स्वरूप प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गर्नुका साथै काभ्रेपलाञ्चोकमा राहत सामग्री वितरण गरिएको छ। साथै, बैंकले स्याङ्जाको श्री गैह्राशुर मन्दिर, हलेसी महादेव मन्दिर लगायतका धार्मिक स्थलहरूको पूर्वाधार विकासमा आर्थिक सहयोग गरेको छ। इन्द्र जात्रा, महाशिवरात्रि लगायतका पर्वहरूमा पनि बैंकको सक्रिय सहभागिता रहेको थियो।

८०% खर्च, बाँकी रकम कोषमा

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकममध्ये करीब ८० प्रतिशत खर्च गरेको छ भने बाँकी रकम आगामी वर्ष खर्च गर्नका लागि कोषमा राखिएको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार, सबै प्रदेशमा न्यूनतम १०% खर्च गर्नुपर्ने प्रावधान पनि पूर्ण रूपमा पालना गरिएको जनाएको छ।

माछापुच्छ्रे बैंकले दिगो विकासमा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने विश्वास राख्दै सामाजिक, मानवीय तथा वातावरणीय पक्षमा योगदान गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया