Nepal Life

नेपाल लाइफ इन्स्योरेन्स सल्यानद्वारा एक दिवसीय "अभिकर्ता भेटघाट तथा पुनर्ताजगी तालिम" सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Sep 28 06:38
नेपाल लाइफ इन्स्योरेन्स सल्यानद्वारा एक दिवसीय "अभिकर्ता भेटघाट तथा पुनर्ताजगी तालिम" सम्पन्न
United Ajod

काठमाडौं, असोज ११ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाद्वारा शनिबार एक दिवसीय "अभिकर्ता भेटघाट तथा पुनर्ताजगी तालिम" कार्यक्रम सम्पन्न भएको छ। शाखा प्रमुख बसन्त प्रसाद पोख्रेलको समन्वयमा श्रीनगरस्थित होटल युनाइटेडमा सम्पन्न उक्त कार्यक्रममा करिब ५० जना नयाँ तथा पुराना अभिकर्ताहरूको सहभागिता रहेको थियो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा शाखा प्रमुख पोख्रेलले जीवन बीमा, यसको महत्त्व, सिद्धान्त र व्यावहारिक पक्षहरूबारे प्रशिक्षण दिएका थिए। साथमा सहभागी कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले बिक्रि कला, वार्ता कौशल, सेल्स रणनीति तथा अभिकर्ताहरूको भूमिकाबारे अभ्याससहित विस्तृत जानकारी गराएका थिए। उनले परम्परागत, वर्तमान र भविष्यमा सम्भावित चुनौतीहरूको सामना कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि सहभागीहरूलाई मार्गदर्शन प्रदान गरे।

यसै अवसरमा कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर तथा एम.डी.आर.टी. चन्द्र बहादुर पुन र एजेन्सी म्यानेजर मानबहादुर मल्लले बीमाका क्रममा आउने आपत्तिहरु (अब्जेक्सन ह्यान्डलिङ) बारे आफ्ना अनुभव र विचार साझा गरे।

कार्यक्रममा सहभागि रहेकी सल्यान शाखाकी एजेन्सी म्यानेजर शर्मिला ओलीले तालिम अत्यन्त सान्दर्भिक रहेको बताउँदै भनिन्, "यसले हामी अभिकर्ताहरूको व्यक्तित्व विकाससँगै काममा ताजगी ल्याउने, नयाँ कुरा सिक्ने र प्रविधिसँगै अघि बढ्न प्रेरित गर्ने कार्यमा सहयोग पुर्‍याउनेछ।"

त्यस्तै अर्का सहभागी एजेन्सी म्यानेजर मेघराज कवरले कम्पनीले यस्ता तालिमहरू नियमित रूपमा गरिरहनुपर्ने आवश्यकता औंल्याए। अभिकर्ता तथा वडाध्यक्ष लिलाबहादुर रोकाले भने, "यस्ता कार्यक्रमले अभिकर्ताहरूको दक्षता वृद्धिसँगै बीमितहरूलाई दिइने सेवामा सुधार ल्याउन सहयोग पुग्छ र कम्पनीको समग्र व्यवसायिक उन्नतिमा समेत योगदान पुर्‍याउँछ।"

कार्यक्रम अत्यन्त अन्तरक्रियात्मक रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सहजीकरण शाखाका कर्मचारीहरू सबिना रोका र अञ्जना चन्दले गरेका थिए। नेपाल लाइफ सल्यान शाखाले यस्ता तालिमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया