Nepal Life

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ६४ जना भाग्यमानी, यसरी हेर्नुहोस् नतिजा

NMB Bank
  • BFIS News
  • 2025 Sep 28 10:03
सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ६४ जना भाग्यमानी, यसरी हेर्नुहोस् नतिजा
United Ajod

काठमाडौं, असोज १२ गते । सागर डिष्टिलरी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो।

 

Shikhar
Nepal Life
NIMB

सागर डिष्टिलरीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो।

उक्त आईपीओमा उल्लेख्य रूपमा बढी आवेदन परेको छ। कुल २२ लाख २७ हजार ५०३ जना लगानीकर्ताले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९३ हजार ८२३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द गरिएको छ।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरेको हो। जसअनुसार १ लाख १९ हजार ६४ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा केही समयपछि आइपिओ रिजल्ट मा गएर हेर्न सकिने छ। लगानीकर्ताले आफ्नो डिम्याट नम्बर वा BOID नम्बर प्रयोग गरी नतिजा जाँच गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया