Nepal Life

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ असोज २६ गतेदेखि निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 28 10:11
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ असोज २६ गतेदेखि निष्काशन गर्ने
United Ajod

काठमाडौं, असोज १२ – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुलाई लक्षित गर्दै आगामी असोज २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँट भइसकेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले नियामक निकायबाट कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो, जसको कुल मूल्य ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। पहिलो चरणमा कम्पनीले १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीय बासिन्दा र ३ लाख ९ हजार ९३८ कित्ता शेयर विदेशमा रहेका नेपालीहरूलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोष तथा १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो।

अब दोस्रो चरणमा कम्पनीले २५ लाख १० हजार ४९३ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यो शेयरको कुल मूल्य २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबर हुनेछ। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

आवेदकहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन असोज २६ गतेदेखि सुरु भई छिटोमा असोज २९ गते तथा ढिलोमा कात्तिक ९ गतेसम्म खुला रहनेछ।

यस आईपीओलाई इक्रा नेपालले गरेको रेटिङ्गमा कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गरिएको छ, जसले लगानीकर्ताहरूलाई सतर्कता अपनाउन सुझाव दिन्छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया