Nepal Life

मुक्तिनाथ विकास बैंकले कार्तिक १५ गते डाक्यो १९औं वार्षिक साधारणसभा, असोज ३० गतेसम्म शेयर किन्नेले पाउने १८.२०% लाभांश

NMB Bank
  • BFIS News
  • 2025 Sep 28 10:27
मुक्तिनाथ विकास बैंकले कार्तिक १५ गते डाक्यो १९औं वार्षिक साधारणसभा, असोज ३० गतेसम्म शेयर किन्नेले पाउने १८.२०% लाभांश
United Ajod

काठमाडौं, असोज १२ गते । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगामी कार्तिक १५ गते, शनिबार बिहान १० बजे पोखरा बिरौटा स्थित होटल ग्राण्ड पार्टीमा १९औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको सञ्चालक समितिको ३५९औं बैठकले उक्त निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले शेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसअन्तर्गत ४.६७ प्रतिशत नगद लाभांश र १३.५३ प्रतिशत बोनस शेयर प्रदान गरिनेछ। उक्त लाभांश यही साधारण सभाले पारित गर्नेछ।

बैंकले लाभांश प्राप्त गर्नका लागि असोज ३० गतेसम्म शेयर किन्नु पर्नेछ। असोज ३१ गते बुक क्लोज गरिने भएकाले त्यसपछिका खरिदकर्ताले लाभांश प्राप्त गर्न सक्ने छैनन्।

साधारणसभाले अध्यक्षमार्फत २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान, नगद प्रवाह आदि) पारित गर्नेछ।

सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको एकीकृत वित्तीय विवरण पनि छलफल गरी पारित गर्ने भएको छ।  २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

प्रस्तावित १३.५३% बोनस शेयर वितरण पारित गर्ने विशेष प्रस्ताव रहेको छ। बोनस वितरणपश्चात चुक्ता पूँजीलाई रु. ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ मा पुर्याउने प्रस्ताव पारित गर्नेछ।

पूँजी वृद्धिपछि वाणिज्य बैंकमा स्तरोन्नतिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिनेछ। सञ्चालक तथा अध्यक्षको सेवा–सुविधा पुनरावलोकन र नियमावली संशोधन गर्नेछ। मर्जर वा प्राप्ति प्रक्रियाको प्रारम्भका लागि उपयुक्त संस्थासँग सहमति, मूल्यांकन, नियामक स्वीकृति लगायत सम्पूर्ण प्रक्रिया अघि बढाउन समिति वा व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी दिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया