Nepal Life

ग्लोबल आइएमई बैंकका अधिकाम्स शाखाहरू खुला रहने

NMB Bank
  • BFIS News
  • 2025 Oct 06 07:21
ग्लोबल आइएमई बैंकका अधिकाम्स शाखाहरू खुला रहने
United Ajod

काठमाडौं, असोज २०, २०८२ । ग्लोबल आइएमई बैंक लिमिटेडले आज असोज २० गते कोजाग्रत पूर्णिमा तथा अविरल वर्ष पछिको बाढी पहिरोका कारण सरकारले दिएको सार्वजनिक विदाको समयमा पनि देशभरका अधिकाम्स शाखाहरूबाट अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले ग्राहकको सहजताका लागि विभिन्न प्रदेशका शाखाहरू बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म खुला रहने जानकारी गराएको छ।

त्यस्तै, असोज २० गतेका दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पनि केही शाखाहरू सञ्चालनमा रहने बैंकले जनाएको छ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने शाखाहरू

मधेश प्रदेश: वीरगंज, लाहान, जनकपुर, गोलबजार, मिर्ची, लालबन्दी, राजविराज, चन्द्रपुर, ढल्केबर, हरिवन, जनकपुर स्टेशन रोड, बाइपास रोड वीरगंज, अमलेखगन्ज, सिराहा, रुपानी।

बागमती प्रदेश: सम्पूर्ण शाखाहरू।

लुम्बिनी प्रदेश: सम्पूर्ण शाखाहरू।

सुदूरपश्चिम प्रदेश: टिकापुर, महेन्द्रनगर, एट्रियम, क्याम्पस चोक, चौराहा धनगढी, धनगढी मेनरोड, डडेलधुरा, दार्चुला, पाटन बैतडी, बलिया, लम्की, बैतडी, नौगाड, बाजुरा, पूर्वीचौकी, पिपला बजार दिपायल, बोगटान, अछाम, अजयमेरु, बझाङ।

कोजाग्रत पूर्णिमाको दिन (असोज २० गते) बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म खुला रहने शाखाहरू

कोशी प्रदेश: विराटनगर ट्राफिक चोक, तिनपैनी, बिर्तामोड, धुलाबारी, गाईघाट, इटहरी।

गण्डकी प्रदेश: बागलुङ, चिप्लेढुङ्गा, कुश्मा।

कर्णाली प्रदेश: सुर्खेत।

बैंकले सोही दिन क्लियरिङ (ECC), IPS र RTGS सेवा पनि उपलब्ध हुने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया