जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी
- BFIS News
- 2025 Oct 07 07:09
काठमाडौँ, असोज २० — हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गएको भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया सुरु गरेको छ। कम्पनीले हालसम्म २८७ वटा दावीमध्ये २४५ वटा दावी बापत रु २१,७४,४५,८३१ (अक्षरूपमा: एक्काईस करोड चौहत्तर लाख पैंतालिस हजार आठसय एकतिस रुपैंया) भुक्तानी गरिसकेको जानकारी दिएको छ।
कम्पनीका दावी विभाग प्रमुख रोज राज लुइटेलका अनुसार, यो भुक्तानी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी अन्तर्गत गरिएको हो। उनले नियामकीय प्रावधानभित्र रही सरल र सहज तरिकाले दावी भुक्तानी गर्न कम्पनी प्रतिवद्ध रहेको स्पष्ट पारे।
कम्पनीले उच्च प्राथमिकताका साथ दावी भुक्तानी प्रक्रिया अघि बढाइरहेको र असोज २१ गते मंगलबारदेखि बाँकी दावीहरुसमेत यथावत रूपमा भुक्तानी प्रक्रिया पुनः सुरु हुने जनाएको छ।
विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमित ग्राहकहरूको हित र आर्थिक राहतलाई प्राथमिकता दिँदै हिमालयन एभरेस्टले शीघ्र दावी भुक्तानी प्रक्रिया अघि बढाएको कम्पनीको भनाइ छ। यस प्रयासले बीमितहरूलाई आर्थिक सुरक्षाको अनुभूति दिलाउने विश्वास लिइएको छ।
त्यस्तै, अझै दावी भुक्तानी बाँकी रहेका बीमितहरूलाई आवश्यक कागजातहरू तयार पारेर आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया