Nepal Life

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Oct 07 09:17
एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं, असोज २१ –  एसवाई प्यानल नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (असोज २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले असोज ७ गतेदेखि आवेदन खुला गरेको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

सो आईपीओमा चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदनको लागि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ।

आईपीओ निष्काशनको लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ डबल बी” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी वा क्यापिटलले निर्माण गरेको अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन्। साथै, प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिद आवेदन फारामका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया