Nepal Life

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Oct 07 09:23
मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) को लाभांश सुरक्षित गर्ने आज (असोज २१ गते, मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात् असोज २२ गते बुकक्लोज गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूलाई फाइनान्सको आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार रहनेछ।

मञ्जुश्री फाइनान्सले असोज ३१ गते, शुक्रबार, बिहान ११ बजे थापागाउँ ब्याङ्क्वेट, नयाँ बानेश्वरमा आफ्नो १८औं वार्षिक साधारण सभा बोलाएको छ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिने फाइनान्सले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया