Nepal Life

अख्तियार प्रमुख आयुक्तको राजीनामा माग्दै जेनजीको प्रदर्शन

NMB Bank
  • BFIS News
  • 2025 Oct 07 11:41
अख्तियार प्रमुख आयुक्तको राजीनामा माग्दै जेनजीको प्रदर्शन
United Ajod

काठमाडौं, असोज २१ । जेनजीका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन्।

Shikhar
Nepal Life
NIMB

उनीहरूले सोमबार टंगालस्थित अख्तियार आयोगको मुख्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्नुपर्ने मागसमेत गरेका छन्। उनीहरूको भनाइमा, अख्तियारजस्ता संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट मुक्त हुन आवश्यक रहेको छ।

जेनजीले यसअघि पनि विभिन्न सरकारी निकायमा पारदर्शिता र जवाफदेहिताको माग गर्दै प्रदर्शन गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया