Nepal Life

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप संकलन

NMB Bank
  • BFIS News
  • 2025 Oct 07 11:43
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप संकलन
United Ajod

काठमाडौं, असोज २१ । वित्तीय प्रणालीमा कायम रहेको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (मंगलबार) ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन "बोलकबोल प्रणाली" मार्फत गरिनेछ, जसको उद्देश्य बजारबाट अतिरिक्त तरलता सोस्ने रहेको छ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत संकलित रकमको सावाँ र ब्याज आगामी २०८२ कात्तिक २ गते भुक्तानी गरिने जानकारी दिएको छ। निक्षेप संकलनमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरी ५ करोडको गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गर्नेछ।

हाल देशभर कुल निक्षेप रकम ७३ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। राष्ट्र बैंकले वित्तीय बजारमा स्थिरता कायम गर्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत समय–समयमा तरलता व्यवस्थापन गर्दै आएको छ।

खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको तरलता बढी भएमा राष्ट्र बैंकले अधिकतम ६ महिनासम्मका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक यस्तो निक्षेप संकलन प्रक्रिया सञ्चालन गर्दै आएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया