Nepal Life

कर अनुपालनका लागि एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान अद्यावधिक गर्न आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Oct 07 11:47
कर अनुपालनका लागि एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान अद्यावधिक गर्न आग्रह
United Ajod

काठमाडौं, असोज २१ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आयकर ऐन, २०५८ को प्रावधान अनुसार स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकका अनुसार ग्राहकहरूले आफ्नो प्यान जानकारी बैंकको अनलाइन पोर्टल (panupdate.nicasiabank.com), मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) वा नजिकको शाखामा गएर अद्यावधिक गर्न सक्नेछन्।

बैंकले जनाएअनुसार ब्याज आम्दानीमा स्रोतमा कर कटौती (E-TDS) विवरण स्वचालित रूपमा आयकर विवरणसँग मेल खाने गरी व्यवस्थित गर्न प्यान अद्यावधिक आवश्यक छ। प्यान अद्यावधिक भएपछि कर कटौती प्रमाणपत्र (TDS Certificate) तथा कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate) सहज रूपमा प्राप्त गर्न सकिनेछ।

बैंकले चेतावनी दिँदै भनेको छ— यदि ग्राहकले प्यान नअद्यावधिक गर्दा ब्याज कर विवरण आयकर कार्यालयमा नजाने अवस्था सिर्जना भयो भने त्यसको जिम्मेवारी बैंकले लिने छैन।

यदि प्यान अद्यावधिक गरे पनि समस्या देखा परेमा ग्राहकहरूले नजिकको शाखामा सम्पर्क गर्न वा ग्राहक सेवा केन्द्रका १६६०-०१-७७७७१ वा ०१-५९७०१०१ नम्बरमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया