Nepal Life

पुँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयनको माग गर्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डसँग गरे छलफल

NMB Bank
  • BFIS News
  • 2025 Oct 08 10:37
पुँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयनको माग गर्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डसँग गरे छलफल
United Ajod

काठमाडौं, असोज २२ – लगानीकर्ताहरुले पुँजी बजार सुधार कार्यदलले प्रस्तुत गरेका सुझावहरूको कार्यान्वयन सुनिश्चित गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) सँग विशेष छलफल गरेका छन्।

Shikhar
Nepal Life
NIMB

जनरल इन्भेष्टर एसोसियसन, नेपाल शेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघका प्रतिनिधिहरुको सहभागितामा भएको छलफलमा कार्यदलका सुझावहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गरिएको थियो।

अर्थ मन्त्रालयले कार्यान्वयनका लागि परिपत्र जारी गरिसकेपछि पनि ठोस कदम नचालिएको भन्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डमा थप दबाब सिर्जना गर्न छलफलको आयोजना गरेका हुन्।

छलफलमा लगानीकर्ताहरूले सुझावहरूको कार्यान्वयनमा आलटाल गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन्।

यसका साथै, धितोपत्र बोर्ड र नेप्सेमा देखिएको कर्मचारी आन्दोलनको समस्या समाधानका लागि तत्काल पहल गर्न समेत आग्रह गरिएको छ। कर्मचारीहरूको जायज मागप्रति धितोपत्र बोर्डले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा सहभागी संघसंस्थाहरुले जोड दिएका छन्।

बोर्डले कर्मचारीको समस्यालाई पूर्णरूपमा अपनत्व लिएर समाधानतर्फ अग्रसरता देखाउनुपर्नेमा सबैको साझा धारणा रहेको बताइएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया