Nepal Life

सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, शेयरधनीलाई पूँजीगत लाभ र नगद प्रवाह दुबैमा साथ

NMB Bank
  • BFIS News
  • 2025 Oct 08 10:47
सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, शेयरधनीलाई पूँजीगत लाभ र नगद प्रवाह दुबैमा साथ
United Ajod

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेका छन्।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त दरमा लाभांश वितरण गरिनेछ।

हाल सिद्धार्थ बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर करिब १४ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ। बोनस बाहेक शेयरधनीहरूले करिब ५ प्रतिशत नगद लाभांश पनि प्राप्त गर्नेछन्।

बैंकले यस लाभांशमार्फत शेयरधनीहरूलाई पूँजीगत लाभ र नगद दुवै किसिमको प्रतिफल दिने भएको छ। साथै, बैंकले आगामी वर्षमा यसभन्दा दोब्बर लाभांश वितरण गर्ने क्षमता रहेको छ। ऋणपत्र परिपक्व हुँदै गएसँगै बैंकका शेयरधनीका लागि आगामी दिनहरू थप आशाजनक हुने देखिएको छ। हाल सिद्धार्थ बैंकको शेयर मूल्य ३५३ रुपैयाँमा कारोबार भइरहेको छ।

बैंकले पछिल्लो १५ वर्षमा वितरण गरेको लाभांश इतिहास

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया