Nepal Life

नेपालमा सुनको मूल्य निरन्तर उकालो, नयाँ कीर्तिमान कायम, तोलाको २,३८,००० रुपैयाँ पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Oct 08 11:50
नेपालमा सुनको मूल्य निरन्तर उकालो, नयाँ कीर्तिमान कायम,  तोलाको  २,३८,००० रुपैयाँ पुग्यो
United Ajod

काठमाडौं, असोज २२ – नेपालमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहँदै नयाँ कीर्तिमान कायम भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज फेरि ऐतिहासिक बिन्दुमा पुगेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (असोज २२ गते) का लागि प्रतितोला मूल्य रु. २,६०० ले वृद्धि भएर रु. २,३८,००० पुगेको छ। यसअघि मंगलबार (असोज २१ गते) सुनको दर तोलामा रु. २,३५,४०० थियो।

यो वृद्धि अघिल्लो कीर्तिमान २०८२ असोज २१ गतेकै दरलाई तोड्दै सुनको मूल्य इतिहासमै उच्च विन्दुमा पुगेको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। तेजाबी सुन आज तोलामा रु. २,३७,३०० पुगेको छ, जुन अघिल्लो दिनको रु. २,३४,७०० भन्दा रु. २,६०० ले बढी हो।

यसबीच, चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ। चाँदीको मूल्य तोलामा रु. ५ घटेर रु. २,९५५ मा झरेको छ। अघिल्लो दिन यसको मूल्य रु. २,९६० थियो।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, अमेरिकी डलरको भाउ, तथा सुरक्षित लगानीको प्रवृत्तिका कारण नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया