Nepal Life

विन नेपाल लघुवित्तको सेयर संरचना परिमार्जन, ७.९७ % संस्थापक शेयर सर्वसाधारण समुहमा

NMB Bank
  • BFIS News
  • 2025 Oct 08 12:02
विन नेपाल लघुवित्तको सेयर संरचना परिमार्जन, ७.९७ % संस्थापक शेयर सर्वसाधारण समुहमा
United Ajod

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिमार्जन गरेको छ। पूर्व नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकरणबाट गठन भएको यस संस्थाले हालै प्रवर्द्धक तथा सर्वसाधारण सेयर स्वामित्वमा संशोधन गरेको हो।

Shikhar
Nepal Life
NIMB

संस्थाको यसअघि ७० प्रतिशत प्रवर्द्धक सेयर र ३० प्रतिशत सर्वसाधारण सेयर स्वामित्व संरचना थियो। तर, हालैको निर्णय अनुसार विशेषगरी पूर्व नेपाल सेवा लघुवित्ततर्फको प्रवर्द्धक स्वामित्वमा ७.९७ प्रतिशत बिन्दुले समायोजन गरिएको छ। परिमार्जनपछि अब विन नेपाल लघुवित्तको कुल चुक्ता पूँजीमा ६२.०३ प्रतिशत प्रवर्द्धक सेयर र ३७.९७ प्रतिशत सर्वसाधारण सेयर रहने भएको छ।

यो परिवर्तन बैंक तथा वित्तीय संस्था ऐन, २०७३ (धारा ११(४)) अनुसार तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले “डि” वर्गका लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनहरू बमोजिम गरिएको हो।

संस्थाले सो संशोधनका लागि आवश्यक नियामक स्वीकृति पनि नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको जनाएको छ।

विन नेपाल लघुवित्तले हाल देशभरका ग्रामीण तथा अर्धशहरी क्षेत्रमा वित्तीय पहुँच विस्तारका उद्देश्यका साथ लघुवित्त सेवा सञ्चालन गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया