Nepal Life

चौधरी समूहको प्रतिबद्धता : जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी

NMB Bank
  • BFIS News
  • 2025 Oct 08 16:10
चौधरी समूहको प्रतिबद्धता : जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी
United Ajod

काठमाडौं । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले Gen Z आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाउने युवा–युवतीहरूप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै चौधरी समूहको तर्फबाट उच्च सम्मान र सहानुभूति प्रकट गरेका छन्।

Shikhar
Nepal Life
NIMB

चौधरीले भने, “Gen Z आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रद्धाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौं।”

उनका अनुसार आन्दोलनका क्रममा समूहका निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा ठूलो क्षति र विध्वंस भए पनि समूह पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढिरहेको छ।

“यो पीडादायी घडीमा पनि हामी पुनःनिर्माण र एकताको भावनासहित अघि बढ्नेछौं। शहीद परिवारप्रति उच्च सम्मान प्रकट गर्दै हामी प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिनेछौं,” निर्वाण चौधरीले भने।

उनका अनुसार यो केवल वाचा मात्र नभई चौधरी समूहको गहिरो कर्तव्य र श्रद्धाको प्रतीक हो।

“हामी सँगै उभिनेछौं, पुनःनिर्माण गर्नेछौं, आशा, सहानुभूति र सम्मानसहित देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौं,” उनले थपे।

समूहका अनुसार सम्पूर्ण शहीद परिवारहरूसँग सम्पर्क भइरहेको छ। यदि कुनै परिवारसँग सम्पर्क हुन बाँकी छ भने, चौधरी समूहका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया