Nepal Life

शेयरधितो कर्जाको सिमा हटाउन लगानीकर्ताको पहल, केपि ओलीलाई भेटेरै राधा पोखरेलको अनुरोध

NMB Bank
  • BFIS News
  • 2023 Sep 26 12:23
शेयरधितो कर्जाको सिमा हटाउन लगानीकर्ताको पहल,  केपि ओलीलाई भेटेरै राधा पोखरेलको अनुरोध
United Ajod

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडको सिमा हटाउनको लागि पहल गरिदिन अनुरोध गरेकी छन् । 

Shikhar
Nepal Life
NIMB

पोखरेलले हिजो पूर्व प्रधानमन्त्री के पी शर्मा ओलिसँग राज्यको सेयर बजार प्रतिको गलत बुझाई र नितिका कारण लगानीकर्ताले भोग्दै आइरहेका समस्या र १२ करोडको क्यापले गर्दा विगत दुई बर्षदेखि लगानीकर्ताहरुको सम्पत्तीमा परेको गम्भीर असर लगाएत बजारका समस्याका बारेमा छलफल गरेकी हुन् ।

छलफलकै क्रममा थिलथिलो भएको पूँजीबजारमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष सकारात्मक रहेको र लगानीकर्ताहरुको सम्पत्तिको सुरक्षाको लागि राज्यले चाल्नु पर्ने नीतिगत स्थायित्वको बारेमा साथै छिट्टै नै १२ करोडको क्यापको विषयमा सम्बोधन हुनेमा आशावादी रहेको जनाएकी छिन् ।

हिजो मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल सँग यहि विषयमा छलफल गरेका थिए । आम लगानीकर्ता तथा सत्ता पक्षका मन्त्री तथा नेताहरुले समेत गभर्नर अधिकारीलाई यस्तो सिमा हटाउन दवाव दिदै आएका छन् । गभर्नर अधिकारी चौतर्फी दवाव पछि पुनरावलोकन गर्ने मोडमा छन् । 

सबैले यो व्यवस्थालाई खारेज गर्नु पर्ने भन्दै माग गरे पनि अधिकारीले भने १२ करोडको सिमा २० करोडमा पुर्याउने अडान लिदै आएका छन् । यसरी सत्ता पक्षकै कुरा नसुने पछि लगानीकर्ताहरुले नेकपा एमाले निकट मानिने अधिकारीलाई दवाव दिन केपि ओलीलाई नै भेटेर अनुरोध गर्दै आएका छन् । सत्ता विपक्षी दलले सत्ता पक्षलाई असफल बनाउन खेल खेलिरहेको संका गर्दै उनिहरु लगातार नेकपा एमाले मार्फत मनाउने प्रयास गरिरहेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया