Nepal Life

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, अव ६७६ रुपैयाँमै कारोबार हुने

NMB Bank
  • BFIS News
  • 2025 Oct 10 08:33
एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, अव ६७६ रुपैयाँमै कारोबार हुने
United Ajod

काठमाडौं, असोज २४ गते, शुक्रबार। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेड (EBL) को शेयरमूल्य समायोजन भएको छ। बैंकले आफ्नो ३१औँ वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Shikhar
Nepal Life
NIMB

नेप्सेले बैंकले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयरलाई आधार मानेर मूल्य समायोजन गरेको हो। समायोजनपछि एभरेष्ट बैंकको शेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा मा कारोबार भएको छ।

नेप्सेले अघिल्लो दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य ७१७ रुपैयाँ लाई आधार मानेर नयाँ समायोजित मूल्य निर्धारण गरेको हो।

अब यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबारदेखि दोस्रो बजारमा एभरेष्ट बैंकको शेयर कारोबार खुल्नेछ।

एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते, बुधबार, काठमाडौँको आम्रपाली ब्यांक्वेट, भाटभटेनी मा बिहान ११ बजेबाट ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

उक्त सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरु पनि पारित गर्ने कार्यसूची रहेको बैंकले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया