Nepal Life

एसवाई प्यानलको शेयर बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका ४९,७०९ जनाले पाए आइपिओ

NMB Bank
  • BFIS News
  • 2025 Oct 10 12:07
एसवाई प्यानलको शेयर बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका ४९,७०९ जनाले पाए आइपिओ
United Ajod

काठमाडौं, असोज २३ – एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरेको साधारण शेयर (IPO) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० मध्ये ४० प्रतिशत अर्थात् ५२,३२,५४८ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

Shikhar
Nepal Life
NIMB

उक्तमध्ये १० प्रतिशत शेयर अर्थात् रु. ४,९७,०९,२०० बराबरको ४,९७,०९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि मिति २०८२ असोज ७ गतेदेखि १० गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो।

उक्त शेयर निष्काशन अवधिमा ५६,००० आवेदकले विधिवत् आवेदन दिएका थिए। तीमध्ये नियमानुसारको बाँडफाँड प्रक्रियाअनुसार ४९,७०९ जना आवेदकलाई शेयर बाँडफाँड गरिएको छ। बाँडफाँड प्रक्रिया मिति २०८२ असोज २३ गते बिहीबार सम्पन्न भएको कम्पनीले जनाएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण लगानीकर्ता, आवेदनदाताहरू, सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र सम्बन्धित नियमनकारी निकायहरूलाई धन्यवाद तथा हार्दिक कृतज्ञता प्रकट गरेको छ।

यस शेयर बाँडफाँडको नतिजा प्रभु क्यापिटल लिमिटेडको वेबसाइट www.prabhucapital.com तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट iporesult.cdsc.com वा meroshare.cdsc.com.np मा हेर्न सकिनेछ।

त्यस्तै, सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिने आवेदकहरू मध्ये बाँडफाँडमा नपरेका व्यक्तिहरूको रोक्का गरिएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फुकुवा हुने जानकारी समेत गराइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया