Nepal Life

दूधपोखरी चेपे हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Oct 10 12:17
दूधपोखरी चेपे हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
United Ajod

काठमाडौं, असोज २४ – दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सम्झौता गरेको छ।

Shikhar
Nepal Life
NIMB

उक्त सम्झौतामा दूधपोखरी चेपे हाइड्रोपावरको तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले हस्ताक्षर गरे भने मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिन्द्र धोज जोशीले हस्ताक्षर गरे।

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा–लमजुङ सिमानास्थित ऐतिहासिक चेपे खोलामा ११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। विसं २०७४/७५ देखि आयोजना सम्बन्धी मुख्य स्वीकृति, ग्रिड कनिक्शन तथा विद्युत खरिद सम्झौता (PPA) प्राप्त गरिसकेको यस आयोजनाको हालसम्म ७८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। कम्पनीले आयोजना आगामी २०८२ सालको चैत्र मसान्तसम्म पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

आयोजनाको अन्तिम चरणको निर्माण लागत जुटाउन कम्पनीले १ सय रुपैयाँ अंकित दरमा २० लाख २० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने योजना बनाएको छ, जुन कुल जारी पूँजीको २० प्रतिशत हो।

कम्पनीका अध्यक्ष प्रधानाङ्गले आईपीओ निष्कासनले लगानीकर्तासँगको सम्बन्ध थप सुदृढ गर्ने र नेपालको जलविद्युत क्षेत्रमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया