Nepal Life

प्रभु पेको नवीकरण रद्द, लेनदेन भए सम्पर्क गर्न राष्ट्र बैंकको अनुरोध

NMB Bank
  • BFIS News
  • 2025 Oct 10 15:36
प्रभु पेको नवीकरण रद्द, लेनदेन भए सम्पर्क गर्न राष्ट्र बैंकको अनुरोध
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (Payment Service Provider–PSP) अनुमतिपत्र नवीकरण नगरिएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग, बालुवाटारले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि प्रभु टेक्नोलोजीलाई मिति २०७६ साल फागुन ११ गते (२०७६/११/११) दिइएको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(४) बमोजिम नवीकरण नगरिएको हो।

राष्ट्र बैंकले जारी सूचनामा प्रभु टेक्नोलोजीले सञ्चालन गरेका भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकहरूले यदि कुनै लेनदेन बाँकी रहेको भए सो सम्बन्धमा ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।

यससँगै प्रभु टेक्नोलोजीको भुक्तानी सेवा प्रदायकको रूपमा औपचारिक अधिकार समाप्त भएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीको पारदर्शिता र सुरक्षाका लागि यस्तो कदम चालेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया