Nepal Life

'भ्याट बील नमाग्नु पनि भ्रष्ट्राचार हो'

NMB Bank
  • अनन्तमान श्रेष्ठ
  • 2025 Oct 11 18:36
'भ्याट बील नमाग्नु पनि भ्रष्ट्राचार हो'
United Ajod

काठमाडौं। ठूला-ठूला होटल र रेष्टुरेण्टमा सेवा लिएपछि भ्याट बील नमाग्नु कुनै सानो कुरा होइन। यो देशलाई आर्थिक रूपमा खोक्रो बनाउने, समृद्धिको मार्ग अवरुद्ध गर्ने, र भ्रष्टाचारलाई मौन समर्थन जनाउने कार्य हो।

Shikhar
Nepal Life
NIMB

भर्खरै म एक प्रतिष्ठित रेष्टुरेण्टमा गएँ। पानीदेखि मुख्य परिकारसम्मको सेवा लिँदा मलाई सामान्य बील थमाइयो। जब मैले "भ्याट बील देऊ" भनेर आग्रह गरेँ, तब बल्ल उनीहरूले भ्याट सहितको आधिकारिक बील उपलब्ध गराए। उक्त सेवामा करिब रु. २०० बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) थियो — जुन पैसा राज्यको राजस्वमा जानुपर्ने हो।

यदि मैले त्यो बील नमागेको भए, त्यो रु. २०० व्यापारीकै खल्तीमा हराउने थियो। अब सोचौँ, त्यही रेष्टुरेण्टमा दिनभरमा १०० जना ग्राहकले बील नमागे भने? दिनमा करिब रु. २०,००० बराबरको राजस्व राज्यले गुमाउने रहेछ। यस हिसाबले एउटै रेष्टुरेण्टले वर्षभरिमा ५० लाख रुपैयाँभन्दा बढी भ्याट छल्न सक्छ।

यो पैसा हामीजस्ता सर्वसाधारणले तिर्दै आएका छौ खाना खाँदा, पानी पिउँदा, सेवा लिँदा। तर त्यो पैसा राज्यको कोषमा नपुगी केही व्यवसायीहरूको खल्तीमा सीमित हुन्छ। त्यसपछि भने हामी भनिरहन्छौं “देशमा विकास भएन”, “नेताले केही गरेनन्”, “हाम्रो करको पैसा खाइयो”। तर यथार्थ के हो भने, बिल नमाग्ने हामी पनि त्यस भ्रष्ट्राचारको मौन साझेदार हौं।

यदि प्रत्येक नागरिकले भ्याट बील माग्ने संस्कार बसाल्यौ भने, अरबौं रुपैयाँ बराबरको रकम राज्यको राजस्वमा पुग्न सक्छ। त्यसैबाट बन्नेछ सडक, सुधारिनेछ स्वास्थ्य सेवा, बलियो हुनेछ शिक्षा प्रणाली र अघि बढ्नेछ देश।

देशप्रेम नारामा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ। नेतालाई गाली गर्न सजिलो छ, तर ‘भ्याट बील दिनुहोस्’ भन्ने एउटा सानो वाक्यले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।

अबदेखि हामी सबैले प्रण गरौँ सेवा लिएको प्रत्येकपटक भ्याट बील अनिवार्यरूपमा माग्ने। सजग नागरिक बन्ने हो भने यो हाम्रो कर्तव्य हो। अब प्रश्न उठ्छ Gen Z, Gen Y, Gen X, Gen α ले यो कहिले बुझ्ने?

ध्वंस होइन, निर्माणतर्फ कहिले लाग्ने? देश बदल्न “भ्याट बील” माग्ने साहस आवश्यक छ। त्यो साहस तपाईंसँग छ?

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया