Nepal Life

तिहारको अवसरमा सामसङका टिभि, वासिङ मेसिन र फ्रिजमा भारी छुट, लक्की ड्र मार्फत बम्पर उपहार

NMB Bank
  • BFIS News
  • 2025 Oct 11 19:06
तिहारको अवसरमा सामसङका टिभि, वासिङ मेसिन र फ्रिजमा भारी छुट, लक्की ड्र मार्फत बम्पर उपहार
United Ajod

काठमाडौं। सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन “तिहारको मूड, सबै गुड!” घोषणा गरेको छ। यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउनेछ।

Shikhar
Nepal Life
NIMB

यो अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउनेछ।

अफर/बम्पर पुरस्कार विवरणहरू

लक्कीड्रमा सहभागी हुने तरिका:
ग्राहकहरूले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर SMS मार्फत पठाएर भाग लिन सक्नेछन्।

“Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनुहोस् (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)। पठाएपछि तुरुन्तै SMS मार्फत पुष्टि सन्देश प्राप्त हुनेछ। विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिनेछ।

त्यसैगरी, सामसङले InstaFinance सेवामार्फत ग्राहकहरूलाई ०% ब्याजदरमा सजिलो EMI विकल्प उपलब्ध गराएको छ। यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा रु. ७,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया