Nepal Life

सान्जेन जलविद्युत कम्पनीको आयोजना प्रभावित रसुवाका स्थानीयको शेयर लकिङ सकिदै

NMB Bank
  • BFIS News
  • 2025 Oct 12 05:58
सान्जेन जलविद्युत कम्पनीको आयोजना प्रभावित रसुवाका स्थानीयको शेयर लकिङ सकिदै
United Ajod

काठमाडौं। सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको शेयरको रोक्का अवधि (Lock-In Period) समाप्त हुने जनाएको छ। कम्पनीले २०७९ साल मंसिर २९ गते बाँडफाँड गरेको १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता साधारण शेयरको तीन वर्षे रोक्का अवधि २०८२ साल कार्तिक २८ गते (१४ नोभेम्बर २०२५) पश्चात समाप्त हुने भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले नेपाल धितोपत्र बोर्डको मिति २०८०/०८/२५ को पत्र संख्या २०८०/०८१, चलानी नं. १५२३ अनुसार सूचना जारी गर्दै लकिङ खुला गरिएको जनाकारी गराएको हो। रोक्का अवधि पूरा भएपछि आयोजनाबाट प्रभावित रसुवाका स्थानीय बासिन्दाले दोस्रो बजारमा शेयर कारोबार गर्न सक्नेछन्।

सान्जेन जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सबै शेयरधनी, नियमनकारी निकाय तथा सरोकारवालालाई जानकारीका लागि यो सूचना सार्वजनिक गरेको जनाएको छ।

कम्पनीका अनुसार रोक्का अवधिमा रहेका शेयरको संख्या ३६ लाख ५० हजार कित्ता रहेको र ती शेयरको रोक्का अवधि २०८२/०७/२८ पछि समाप्त हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया