Nepal Life

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Oct 12 09:38
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गर्दै
United Ajod

काठमाडौं, असोज २६ – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (असोज २६ गते, २०८२) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीय बासिन्दाका लागि र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिएको थियो।

त्यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता शेयर आरक्षित राखी वितरण गरिसकिएको छ। अब कम्पनीले बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते तोकिएको छ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई “वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको” संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय स्थायित्वप्रति लगानीकर्ताले सचेत हुनुपर्ने देखाउँछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा तिनका शाखा कार्यालयमार्फत तथा मेरो सेयर पोर्टल प्रयोग गरी सि-आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया