Nepal Life

शिखर इन्स्योरेन्सद्धारा जेनजी आन्दोलनमा भएको दाबीको ५२ प्रतिशत भुक्तानी, २२४ पोलिसीबाट ४३ करोड फर्छ्यौट

NMB Bank
  • BFIS News
  • 2025 Oct 14 12:00
शिखर इन्स्योरेन्सद्धारा जेनजी आन्दोलनमा भएको दाबीको ५२ प्रतिशत भुक्तानी, २२४ पोलिसीबाट ४३ करोड फर्छ्यौट
United Ajod

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनका क्रममा क्षति भएका दाबी भुक्तानी प्रकृयालाई तिव्र गतिमा अगाडी बढाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले यस राष्ट्र पुनर्निर्माणको यात्रामा सहयात्राको प्रतिबद्धता अनुरुप भाद्र २३ र २४ गते भएका असहज घटना तथा परिस्थितिबाट विमितहरुको सम्पत्तिमा भएको क्षतिका बीमा दाबीहरुको भुक्तानी द्रुत गतिमा अगाडि बढिरहेको जानकारी दिएको छ।

कम्पनीका अनुसार हालसम्म १७४ जना विमितहरुबाट ४३३ वटा बीमा दाबी प्राप्त भएका छन्। तीमध्ये २२४ वटा बीमा दाबीहरुको कुल रु. ४३ करोड भुक्तानी भइसकेको छ। यो हालसम्म प्राप्त बीमा दाबीको कुल संख्याको ५२ प्रतिशत हो। प्राप्त दाबी अनुसार कुल दाबी रकम रु. २४१ करोडमध्ये कम्पनीको खुद हिस्साको भार करिब रु. ३७ करोड मात्र हुने कम्पनीले जानकारी गराएको छ।

बीमा दाबी प्रक्रिया सहज र सरल बनाउन शिखर इन्स्योरेन्सले विमितहरुले आवश्यक कागजात पूर्णरुपमा नपठाएको अवस्थामा पनि भौतिकरुपमा क्षति यकिन गर्दै, सर्भेयरको प्रतिवेदनको आधारमा अग्रिम दाबी भुक्तानी गर्दै आएको छ।

यद्यपि, बीमा दाबीको पूर्ण फछ्र्यौटमा प्रहरी प्रतिवेदन तथा पूर्णरुपमा जलेर नष्ट भएका मोटर सवारी साधनहरुको दर्ता खारेज प्रमाणपत्र प्राप्त हुन ढिलाइ भएकाले केही विलम्ब भइरहेको स्पष्ट पार्दै, कम्पनीले सम्बन्धित निकायहरुलाई आवश्यक कागजात सहज रूपमा यथासिघ्र उपलब्ध गराउन अनुरोध गरेको छ।

दाबी प्रक्रिया सहज बनाउने उद्देश्यले कम्पनीले सरलिकृत दाबी प्रक्रिया, डिजिटल सेवा, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएको छ। साथै, खटाइएका सर्भेयर र कर्मचारीमार्फत विमितहरुलाई प्रत्यक्षरूपमा सेवा र सहायता प्रदान गरिरहेको जानकारी पनि दिइएको छ।

ग्राहक सेवामा थप सुधार गर्दै, शिखर इन्स्योरेन्सले २४ घण्टा ३६५ दिन सञ्चालन हुने कल सेन्टर सेवा सुरु गरिसकेको छ। बीमा दावीसम्बन्धी सर्भेयरको सेवा, वा कुनै किसिमको असहजता भएमा सम्बन्धित कर्मचारी वा दाबी विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ। सम्पर्क विवरण कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

शिखर इन्स्योरेन्स कम्पनीले भविष्यमा पनि ग्राहकको विश्वास अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै, हरेक प्रतिकूल अवस्थामा सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्न निरन्तर क्रियाशील रहने घोषणा गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया