Nepal Life

नेपाल राष्ट्र बैंकद्वारा तिहारको अवसरमा चाँदीका सिक्का बिक्री सुरु

NMB Bank
  • BFIS News
  • 2025 Oct 14 12:38
नेपाल राष्ट्र बैंकद्वारा तिहारको अवसरमा चाँदीका सिक्का बिक्री सुरु
United Ajod

काठमाडौं, असोज २८ — नेपाल राष्ट्र बैंकले तिहारको अवसर पारेर चाँदीका सिक्काहरू (मेडालियन) को बिक्री वितरण सुरु गरेको छ। नेपालीहरूबीच धनतेरसको दिन सुन र चाँदीका सिक्का खरिद गर्ने परम्परा रहेकाले बैंकले यो पहल थालेको हो। धनतेरसमा खरिद गरिएको सिक्का लक्ष्मी पूजाका दिन पूजा गरिन्छ भन्ने जनविश्वास छ।

Shikhar
Nepal Life
NIMB

केन्द्रीय बैंकले यसपालि चार प्रकारका चाँदीका सिक्काहरू बिक्रीमा ल्याएको छ। ती सिक्काहरू १० ग्राम तौलका छन् र प्रति सिक्काको मूल्य ३,००० रुपैयाँ निर्धारण गरिएको छ। उपलब्ध सिक्काहरूमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी मेडालियन र गाई मेडालियन रहेका छन्।

प्रत्येक व्यक्तिले एक पटकमा एक थान मात्र सिक्का खरिद गर्न पाउने व्यवस्था गरिएको छ। चाँदीको सिक्का खरिद गर्न नागरिकता प्रमाणपत्रको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि सरकारी परिचयपत्र अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सीमित मात्रामा सिक्का उपलब्ध भएकाले इच्छुक नागरिकले शीघ्र खरिद गर्नु उपयुक्त हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया