Nepal Life

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, वार्षिक साधारण सभा कात्तिक १५ गते पोखरामा

NMB Bank
  • BFIS News
  • 2025 Oct 16 10:17
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, वार्षिक साधारण सभा कात्तिक १५ गते पोखरामा
United Ajod

काठमाडौं, असोज ३० – मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। बैंकले आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि, असोज ३१ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

यसअनुसार, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरुले बैंकको आगामी साधारण सभामा सहभागिता जनाउन सक्नेछन् साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्ने हकदार पनि हुनेछन्।

बैंकले आगामी कात्तिक १५ गते, शनिबार, पोखराको होटल पोखरा ग्राण्ड, पार्दी, विरौटामा बिहान १० बजे वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभामा बैंकले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक निर्णय लिने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, तथा लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरु पनि पारित गर्नेछ। शेयरधनीहरुले समयमै आवश्यक कागजात तयार गरी सभामा सहभागिता जनाउन बैंकले अनुरोध गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया