Nepal Life

कामना सेवा विकास बैंकले शेयरधनीको खातामा पठायो नगद लाभांश

NMB Bank
  • BFIS News
  • 2025 Oct 16 10:51
कामना सेवा विकास बैंकले शेयरधनीको खातामा पठायो नगद लाभांश
United Ajod

काठमाडौं, असोज २४ – कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश शेयरधनीको खातामा पठाएको छ। कम्पनीले गएको असोज २४ गते १० प्रतिशत बोनस शेयर सहित नगद लाभांश पारित गरेको थियो।

Shikhar
Nepal Life
NIMB

साधारण सभाले आगामी चार वर्षका लागि सञ्चालक समितिका सदस्यहरू निर्विरोध निर्वाचित गरेको थियो। संस्थापक समूहबाट सुदीप आचार्य, भीम प्रसाद तुलाचन, चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, बिश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा सञ्चालक समितिमा चयन भएका छन्। उनिहरु मध्येबाट सुदीप आचार्य अध्यक्षमा निर्वाचत भएका थिए।

कामना सेवा विकास बैंक हाल देशभर १३७ वटा शाखा, ७४ वटा एटीएम र ३० वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया