Nepal Life

सुनको मूल्य रेकर्ड उचाइमा, प्रतितोला २ लाख ५० हजार नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 Oct 16 10:59
सुनको मूल्य रेकर्ड उचाइमा, प्रतितोला २ लाख ५० हजार नाघ्यो
United Ajod

असोज ३० गते, बिहीबार — नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

Shikhar
Nepal Life
NIMB

बुधबार बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सो मूल्यलाई तोड्दै बिहीबार सुनले नयाँ उचाइ बनाएको हो। पछिल्ला केही दिनदेखि सुनको मूल्य निरन्तर बढ्दै रेकर्ड तोड्ने क्रममा रहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा पुगेको छ। बुधबार प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि हुँदै आएको छ, जसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ। पछिल्ला ३० दिनमा अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स ५०० अमेरिकी डलरले बढेको छ। यस्तै, पछिल्ला ६ महिनामा सुनको मूल्य ८७२ डलरले र एक वर्षको अवधिमा १,४९४ डलरले वृद्धि भएको छ।

सुनको मूल्यमा आएको यो लगातार वृद्धि विश्वव्यापी आर्थिक अनिश्चितता, मुद्रास्फीति र अमेरिकी डलरको उतारचढावसँग सम्बन्धित रहेको बताइन्छ। विश्लेषकहरूका अनुसार लगानीकर्ताले सुनलाई सुरक्षित विकल्पको रूपमा हेर्न थालेका कारण विश्व बजारमै सुनको माग बढिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया