Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्स पुनः सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनर

NMB Bank
  • BFIS News
  • 2025 Oct 16 13:28
सगरमाथा लुम्बिनी इन्स्योरेन्स पुनः सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनर
United Ajod

काठमाडौं — सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो सहभागिता सुदृढ गरेको छ।

Shikhar
Nepal Life
NIMB

उत्कृष्टता र प्रतिबद्धताप्रति समान दृष्टिकोण राख्ने दुई प्रतिष्ठित संस्थाबीचको यो निरन्तर साझेदारी खेलकुदको विकास र सुरक्षाप्रति साझा विश्वासको प्रतिबिम्ब हो। यस सहकार्यले खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा दिने विश्वास गरिएको छ।

SALICO का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने, “हामी सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित छौं। जोखिम व्यवस्थापनमा अग्रसर कम्पनीका रूपमा हामी खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न प्रोत्साहित गर्न चाहन्छौं। आशा छ, यस सिजनमा कप सुदूरपश्चिममा आउनेछ।”

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भने, “SALICO जस्तो प्रतिष्ठित ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। उहाँहरूको निरन्तर साथले NPL लाई अझ उचाइमा पुर्‍याउनेछ र थप संस्थाहरुलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ।”

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले नेपालभर १०० भन्दा बढी शाखामार्फत व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई बीमाका विविध सेवा प्रदान गर्दै आएको छ। विश्वास, सुरक्षात्मक सोच र सामाजिक उत्तरदायित्वमा आधारित SALICO आगामी दिनमा पनि खेलकुदको उत्थान र राष्ट्रिय गौरवका प्रतीक खेलाडीहरूको साथमा निरन्तर प्रतिबद्ध रहने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया